back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढे, आज ६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ २० आइतवार

759 

shares

२० भदौ, पोखरा । गण्डकी प्रदेशमा आइतवार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार प्रदेशको म्याग्दी, पर्वत, तनहुँ, कास्की, बागलुङ र स्याङजामा १÷१ जना गरी ६ जनाको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३१२ पुगेको छ ।

प्रदेशमा आइतवार म्याग्दीमा ७, पर्वतमा ५, लमजुङमा १७, तनहुँमा ५, कास्कीमा ३९, वागलुङमा १० र स्याङजामा ९ जना गरी ९२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ४७ महिला र ४५ जना पुरुष रहेका छन् ।

आइतवार थपिएका ९२ जनासँगै प्रदेशमा हालसम्म ८२ हजार ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७८ हजार ७०७ जना निको भइसकेका छन् । आइतवार प्रदेशमा ३२८ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल २४१० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २११८ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९०४ वटा नमुना परीक्षण गरिएको थियो ।

वि.सं.२०७८ भदौ २० आइतवार १७:२७ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...