back
CTIZAN AD

गृहमन्त्रालयको ‘फरमान’ बन्यो भारतीय मिडियाका ‘ब्रेकिङ्ग न्यूज’

वि.सं.२०७८ भदौ २० आइतवार

723 

shares

भदौ २०, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा भईरहेका प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले निकालेको चेतावनीपूर्णं विज्ञप्तीको विषय भारतीय मिडियाका लागि ‘ब्रेकिङ्ग न्यूज’ बनेका छन् । ‘छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको विरोध गरे कारबाही गर्ने’ चेतावनीपूर्णं गृहको विज्ञप्तीलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका हुन् ।

भारतीय सञ्चार माध्यम एबपी न्यूजले ‘नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाए जेल’ भन्दै ब्रेकिङ्ग न्यूज बनाएको छ । ब्रेकिङ्ग न्यूज भन्दै एबपीले लेखेको छ – नेपालमा यदि भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो भने जेल सजायँ हुनसक्छ, नेपालको गृह मन्त्रालयद्वारा जारी आदेशमा भनिएको छ कि भारतको विरुद्ध विरोध र पीएम मोदीको पुतला जलाए कडा कारबाही गरिनेछ ।’

जयसिंह धामीको वेपत्ता पछि नेपालमा भारतविरोध आन्दोलन हुन थालेको छ । कहि दिन अघि मात्रै नेकपा (एकीकृत समाजवादी)का विद्यार्थीहरुले ‘तुइन काट्ने एसएसबीलाई कारबाही गर, जयसिंहलाई न्याय दे’ भन्दै विरोध प्रदर्शन गरेका थिए ।

भारत विरोधी नारा लगाउनुका साथै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए ।

सम्बन्धित समाचार

वि.सं.२०७८ भदौ २० आइतवार १७:३५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...