back
CTIZAN AD

असोज १ देखि सुपथ मूल्य पसल सुरु गरिने, ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय

वि.सं.२०७८ भदौ २० आइतवार

645 

shares

२० भदौ, काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा आज भएको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औँ बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।

वि.सं.२०७८ भदौ २० आइतवार २१:३८ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...