२१ भदौ, काठमाडौं । आइतवार राति आएको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँमा ३ सय बढी घर डुबानमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार राति परेको अविरल वर्षाका कारण आएको बाढीका कारण कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, नेपालटार, बल्खु, शंखमुल लगायतका क्षे त्र डुबानमा पर्दा बागमती नदी, विष्णुमती नदी लगायतका किनारमा रहेका सुकुम्वासी वस्तिहरु डुबानमा परेको र ती क्षेत्रबाट १३८ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ ।
आइतवार रातभरी निरन्तर वर्षा रहेपनि सोमबार बिहान ८ बजेबाट वर्षा हुने क्रम घट्दै गएको छ । तस्बिर: गंगा विसी
वि.सं.२०७८ भदौ २१ सोमवार ०९:०५ मा प्रकाशित






























