back
CTIZAN AD

आज पाँच प्रदेशमा भारी वर्षा र यी नदीमा बाढी आउने सम्भावना !

वि.सं.२०७८ भदौ २१ सोमवार

711 

shares

२१ भदौ, काठमाडौं । देशैभरी रहेको मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।


यी नदीमा पानीको बहाव बढ्ने
त्यस्तै दाङस्थित पश्चिम राप्ती नदीको बगासोती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको तथा राप्ती जलाधारमा बर्षा भइरहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रहनुहुनेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली, कोशी, नारायणी र यिनका सहायक नदीहरू विशेषगरी सुनकोशी, त्रिशुली, मर्स्याङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने छन् । साथै मझौला नदीहरु बागमती, पश्चिम राप्तीमा बहाब बढ्ने र सतर्कता तह पार गर्ने तथा बबईको बहाव सतर्कता तह आसपास पुग्न सक्ने पनि महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार ०९:३१ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...