२१ भदौ, काठमाडौं । बागमती प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा आइतवार काठमाडौंका ६४ वर्षीय पुरुष र ५२ वर्षीया महिला, ललितपुरका ६३ र ३० वर्षीया २ महिला, दोलखाका ७५ वर्षीय पुरुष र काभ्रेपलान्चोककी २७ वर्षीया, रामेछापकी २६ वर्षीया र नुवाकोटकी ४५ वर्षीया ३ महिला गरी ७ जनाको मृत्यु भएको हो ।
आइतवार मृत्यु भएका ७ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ३३६ पुगेको छ ।
त्यसैगरी प्रदेशमा आइतवार ३५०४ नमुना परीक्षणमा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आइतवार २०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आइतवार थपिएका ५४९ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ४ लाख १९ हजार ३८५ पुगेको छ भने निको हुनेको संख्या ४ लाख १ हजार ६३६ पुगेको छ ।
वि.सं.२०७८ भदौ २१ सोमवार ०९:५२ मा प्रकाशित






























