back
CTIZAN AD

सन्तुष्ट यौन जीवनका लागि के खाने, के नखाने ?

वि.सं.२०७८ भदौ २१ सोमवार

951 

shares

काठमाडाैं । श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनको लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । तर, बर्तमान समयसँगै मानिसको जीवनशैलि पनि परिर्वतन हुदैँ गएको छ जसका कारण मानिसले सम्बन्धलाई हेर्ने नजर पनि फरक भइरहेको छ । पारिवारिक बेमेल जस्ता कयौँ घटनाहरु समाजमा बढीरहेका छन् जसका कारण समाजमा डिभोर्सको घटना बढ्दैँ गइरहेको छ । यस्को पछाडी अहिलेका मानिसले सम्बन्धलाई हेर्ने नजर कमजोर भएको कारणले गर्दा नै हो ।

यौन जीवनलाई सन्तुष्ट बनाउनको लागि मानिसहरु बजारमा पाइने विभिन्न प्रकारका औषधीहरुको प्रयोग गर्ने गर्दछन् । तर, के तपाईहरुलाई थाहा छ ? यौन जीवन सन्तुष्ट बनाउनको लागि हामीले खाने खानाको पनि ठूलो भुमिका रहेको छ ।

यौन जीवन सन्तुष्ट बनाउन खान हुने कुराहरु

चकलेट : चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढाउने काम गर्छ चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ ।

पालुङ्गो : हरियाे पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ ।

अनार : याैन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ ।

स्ट्रबेरी : स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौन इच्छासँग हुन्छ ।

कफी वा चिया : कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ । यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन ।

एभोकाडो : क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ । त्यसैले यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खानु राम्रो हुन्छ ।

खान नहुने कुराहरु –

रक्सी : रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ ।

यौन सम्बन्धको अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखाने । यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार ११:५९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...