२२ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन विद्यार्थी संगठनले जोरजबर्जस्ती अमेरिकी परियोजना एमसीसी अगाडि बढाइए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंका अध्यक्ष विमल पोखरेलद्धारा सोमवार संयुक्त रुपमा विज्ञिप्त जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘अमेरिकी साम्राज्यवादी उद्धेश्य पूरा गर्ने उद्धेश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्र नीतिलाई खण्डित गर्नेछ । जोरजर्वजस्ती पूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:०१ मा प्रकाशित






























