back
CTIZAN AD

एमसीसी विरुद्धमा आन्दोलनको आँधीबेरी सिर्जना गर्न समाजवादी ज्ञान केन्द्रको आह्वान

वि.सं.२०७८ भदौ २२ मंगलवार

735 

shares

२२ भदौ, काठमाडौँ । समाजवादी ज्ञान केन्द्रले एमसिसि सम्झौता विरुद्ध आँधिवेरी सिर्जना गर्न आह्वान गरेको छ ।

अमेरिकी सरकारद्वारा प्रस्तावित एमसिसी परियोजनाका बारेमा टिकाटिप्पणी र विरोध नगर्न गृह मन्त्रालयले नागरिकलाई गरिएको खबरदारी विरुद्ध आवाज बुलन्द गर्न आह्वान गरेकाे हो ।

समाजवादी केन्द्र केन्द्रीय अधिबेशन आयोजक समितीका कार्यवाहक संयोजक सुनिता गौतमले प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी, प्रगतिशील नेपालीहरुमा राष्ट्रिय स्वाधीनताको लडाइँमा उच्च साहसका साथ सहभागी भै रास्ट्रघाती खारेजीको महान अभियानमा लामबद्द हुन हार्दिक आव्हान गरेकी छन् ।

‘हालै एमसिसी परियोजनाको विरोध नगर्न गरिएको खबरदारी सहितको गृह मन्त्रालयको विज्ञप्तिले नेपाली शासकहरु कसको पक्षमा काम गरिरहेका छन् भन्ने कुरालाई राम्रोसँग पुष्टि गरेको छ । यस्तो परिस्थिति सृजना हँदासमेत आफूलाई जनता र राष्ट्रियताका पहरेदारको दाबी गर्ने पार्टीहरु जनवर्गिय संगठनहरु र तिनका मुख्य नेतृत्वहरुको संस्थागत रुपमा मौन रहनु र स्पष्ट धारणा बाहिर नआउनु दुर्भाग्यपूर्ण कुरा हो । आम स्वाभिमानी नेपाली जनताको चाहना र आवाजको सम्मान गर्ने हो भने राष्ट्र, नेपाली जनता, सार्वभौमसत्ता र स्वाभिमानको खिलाफमा रहेको एमसिसी परियोनाको खारेजीको पक्षमा आन्दोलनको आँधिवेहरी सृष्टि गर्नुको कुनै विकल्प छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ –
अमेरिकी सरकारद्वारा प्रस्तावित एमसिसी परियोजनाले देशको राजनितिलाई विभाजन गरेको छ । यसका राष्ट्रघाती प्रावधानहरुबारे अवगत हुँदाहुँदै पनि शक्तिकेन्द्रहरु बिना एक मिनेट टिक्न सकिन्न भन्ने सोच बोकेर अहिलेको गठबन्दन सरकार उल्टै यसको बिरुद्धमा उठेका आवाजहरुलाई निरुत्साहित बनाउने र साम्राज्यवादी हस्तक्षेपको नांगो दलाली गर्ने काम गरिरहेको छ ।

हालै एमसिसी परियोजनाको विरोध नगर्न गरिएको खबरदारी सहितको गृह मन्त्रालयको विज्ञप्तिले नेपाली शासकहरु कसको पक्षमा काम गरिरहेका छन् भन्ने कुरालाई राम्रोसँग पुष्टि गरेको छ । यस्तो परिस्थिति सृजना हँदासमेत आफूलाई जनता र राष्ट्रियताका पहरेदारको दाबी गर्ने पार्टीहरु जनवर्गिय संगठनहरु र तिनका मुख्य नेतृत्वहरुको संस्थागत रुपमा मौन रहनु र स्पष्ट धारणा बाहिर नआउनु दुर्भाग्यपूर्ण कुरा हो । आम स्वाभिमानी नेपाली जनताको चाहना र आवाजको सम्मान गर्ने हो भने राष्ट्र, नेपाली जनता, सार्वभौमसत्ता र स्वाभिमानको खिलाफमा रहेको एमसिसी परियोनाको खारेजीको पक्षमा आन्दोलनको आँधिवेहरी सृष्टि गर्नुको कुनै विकल्प छैन ।

अमेरिकी सैन्य सुरक्षा निति अन्तर्गत जोडिएर आएको इण्डो–प्यासिफिक रणनितिको अंग एमसिसी परियोजनाद्वारा प्रस्तावित योजनामा भएको खर्चको हरहिसाब एमसिसी परियोजनाले मात्र राख्न पाउनु पर्ने, त्यसबापत राज्यलाई कुनै पनि कर तिर्नु नपर्ने र नेपालले त्यस बारेमा कुनै सोधपुछ गर्न नपाउने, कर्मचारीहरुको व्यवस्थापन एमसिसीले मात्र गर्ने, कार्यान्वयनमा जाँदा एमसिसी सम्झौता र नेपालको कानुन बाझिएको खण्डमा एमसिसी सम्झौता लागु हुने र नेपालको कानुन निस्कृय हुनेदेखि लिएर एमसिसी सम्झौताको म्याद पुरा भएपछि यसका शर्तहरु अनन्तकालसम्म लागू हुने जस्ता राष्ट्रघाती प्रावधानहरुले नेपालको संविधान, जनताको सार्वभौमिक अधिकार र राष्ट्रिय स्वाधिनतामाथी ठाडो हस्तक्षेप गरेका छन् ।

केपी ओलीको नेतृत्वकालमै चौतर्फी विरोधपश्चात स्थगन गरिएको एमसिसी परियोजना शेरबहादुर देउवा सरकारको आगमन पश्चात् खारेजीको दिशामा जाने जनअपेक्षाको बाबजुद यसको पक्षमा सरकार उभिनु, जसरी भए पनि पारित गर्ने दिशातिर उन्मुख हुनु, हिजो जस्तै एमसिसीको सवालमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुले गम्भिर प्रश्नहरु खडा गराएको छ ।

राष्ट्रघाती एमसिसी परियोजना खारेजीको पक्षमा विभिन्न राजनितिक दल, संघ संस्था, संगठन, अभियान, तह र तप्काहरु मार्फत भइरहेका आन्दोलनहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्र र जनताको हित विपरित राष्ट्रघाती एमसिसी परियोजना पारित गर्नको लागि भइरहेका षडयन्त्रहरुका बिरुद्ध एकजुट भएर अगाडी बढ्न र व्यक्तिगत तथा संस्थागत रुपमा संयुक्त आन्दोलनको प्रतिरोध मार्फत एमसिसी परियोजनालाई खारेज गर्ने दिशामा अगाडी बढ्न सम्पुर्ण न्यायप्रेमी देशभक्तहरुमा हार्दिक आव्हान गर्दछौं ।

मिति : २०७८/०५/२२ गते

सुनिता गौतम (कार्यबाहक संयोजक)

समाजबादी ज्ञानकेन्द्र
केन्द्रिय अधिबेशन आयोजक समिती

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:०१ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...