back
CTIZAN AD

एमाले परित्याग गरेका जिसस प्रमुख सहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

वि.सं.२०७८ भदौ २२ मंगलवार

735 

shares


२२ भदौ, खोटाङ । नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहेका छन् ।

यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताए । “नेकपा (एस)मा ४१ जनप्रतिनिधि खुल्नुभएको छ”, उनले भने, “भौगोलिक हिसाबले टाढा रहनुभएका छ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिले आज (मङ्गलबार) सनाखत गर्ने तयारी गरेका छन् ।”

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले खोटाङका सचिव कुमार आचार्यले बताए ।


एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहेका छन् । एमालेको विसं २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन् ।

यसैबीच नेकपा एमाले खोटाङले सूर्य चिह्नबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई पार्टी विभाजनको पक्षमा नलाग्न औपचारिकरूपमा आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै एमालेले सोमबार विज्ञप्ति जारी गरेर विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ०९:३० मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...