back
CTIZAN AD

पहिरोले बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा

वि.सं.२०७८ भदौ २२ मंगलवार

642 

shares


२२ भदौ, म्याग्दी । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ ।

खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए ।

“करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उनले भने, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।” करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताए ।

क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हुँदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिराले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताए ।

बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । “जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्”, बानियाँले भने, “पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।”

पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ ।

तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताए । उनले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताए ।

सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ ।

क्याम्पसचोकका बासिन्दासमेत रहनुभएका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताए ।
रासस

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:५५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...