back

कति प्रदेश सांसद तान्न सक्षम भए माधव नेपाल ? प्रदेशअनुसार यस्तो छ सूची

वि.सं.२०७८ भदौ २२ मंगलवार

432 

shares
NTC AD

भदौ २२,काठमाडौं । नेकपा (एमाले)बाट विभाजित बनेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ र सुदुरपश्चिममा एमालेभन्दा बलियो देखिएको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा भने निकै कमजोर ठहरिएको छ । सुदूरपश्चिममा १४ प्रदेशसभा सदस्यसहित प्रदेशकै ठूलो दल बनेको नेकपा (एस) गण्डकीमा सांसद बिहिन बनेको छ ।

गण्डकीमा माधव नेपालको पक्षमा खुल्दै आएका बाग्लुङका सांसद इन्द्रलाल सापकोटाले पार्टी विभाजनमा भने नेकपा (एस) रोजेनन् । लुम्बिनीमा रमा घर्तीले मात्रै माधवलाई साथ दिइन् ।

बागमतीमा ५६ सांसदमध्ये १३ सांसदले मात्रै नेकपा (एस)लाई साथ दिए भने प्रदेश १ मा पनि ५१ सांसदमध्ये १० जनाले मात्रै माधवलाई साथ दिएका छन् । दुवै प्रदेशमा पार्टी विभाजनको अन्तिम समय माधवलाई छाडेका अष्टलक्ष्मी शाक्य र भीम आचार्य मुख्यमन्त्री भएको कारण केहि माधव पक्षमा खुल्दै आएका सांसदहरुले एमाले राजे ।

यता राम्रो प्रभाव मानिएको कर्णालीमा पनि तीन सांसदले मात्रै माधव पक्षलाई साथ दिएका छन् ।

तत्कालिन समय सातै प्रदेशमा एमालेले २ सय ३२ प्रदेश सभा सदस्य जितेको थियो । जसमध्ये पार्टी विभाजनको क्रममा करिब २३ प्रतिशत अर्थात् ५४ सांसद माधव पक्षले तान्न सफल भएको छ ।

यी हुन् नेकपा (एस)मा सनाखत गर्ने सांसद

प्रदेश १.
राजेन्द्र राई
राजन राई
पदमकुमारी गुरुङ
सरिता थापा
सुनिता चौधरी
उपेन्द्र घिमिरे
कृष्णकुमारी राई
गणेश काङवाङ
खिनु लङ्वा लिम्बु
सावित्री रेग्मी

प्रदेश २
शत्रुधन महतो
अशोक यादव
प्रमोद यादव
मदनसेन श्रीवास्तव
नागेन्द्र यादव
गोविन्द न्यौपाने
रवीन्द्रा बैठा
मञ्जु यादव
हसिना खातुन
बेची लुङ्गेली
डिल्ली उपे्रती
सुन्दरकुमार विश्वकर्मा
सीता गुरुङ

बागमती प्रदेशमा
राजेन्द्र पाण्डे
मुनु सिग्देल
बसुन्धरा हुमागाईँ
लक्ष्मण लम्साल
राजेन्द्रमान श्रेष्ठ
पार्वती सिलवाल
ईन्द्रमाया गुरुङ
माधव पौडेल
बसन्त मानन्धर
रमा आले मगर
कुसुमकुमार कार्की
कृष्ण खनाल
मीना नेपाल ज्ञवाली

गण्डकी
शुन्य

लुम्बिनी
रमा घर्ती

कर्णाली
चन्द्रबहादुर शाही
देवी वली
पदम रोकाय

सुदूरपश्चिम
पूर्णां जोशी
कुलवीर चौधरी
सुशील बुढाथोकी
लालबहादुर खड्का
माया भट्ट
चुनकुमारी चौधरी
अमर साउद
मना साउद
दुर्गा विक
बलबहादुर सोडारी
तारालामा तामाङ
दीर्घ सोडारी
प्रकाश रावल
माया बोहरा तामाङ

वि.सं.२०७८ भदौ २२ मंगलवार १३:३६ मा प्रकाशित

ADBL AD