back
CTIZAN AD

नेपालले पायो १३५ रनको लक्ष्य, सन्दिप लामिछानेको घातक बलिङ्ग

वि.सं.२०७८ भदौ २२ मंगलवार

747 

shares

२२ भदौँ, काठमाडौँ । नेपाल र पपुवा न्यूगिनी बिचको पहिलो एकदिवसीय खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको पपुवा न्यूगिनी ३३ ओभरमा १३४ रन बनाएर अलआउट भएको छ ।

पपुवा न्यूगिनीका लागि ब्याटिङ्गमा लेगा सियाकाले सर्वाधिक ३० रन बनाएका छन । त्यसैगरी चार्ल्स अमिनी २३, सेस बाउ १४, किप्लिन डोरिगा १५, गौडी टोक २२ र चाड सोपरले १७ रन बनाएका छन । पपुवा न्यूगिनीका यी खेलाडी बाहेक अरु कसैले पनि दोहोरो अकंमा रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङ्गतर्फ सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन । त्यसैगरी विक्रम शोबले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट हात पारेका छन ।

पपुवा न्यूगिनी विरुद्धको पहिलो एकदिवसीयमा जित हासिल गर्नको लागि नेपालले ५० ओभरमा १३५ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १४:२० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...