२३ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी पाँच प्रदेशमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आगमी २४ घण्टामा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
वि.सं.२०७८ भदौ २३ बुधवार ०९:२४ मा प्रकाशित






























