back
CTIZAN AD

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

वि.सं.२०७८ भदौ २३ बुधवार

594 

shares

२३ भदौँ, काठमाडौँ । एभरेष्ट प्रिमियिर लिग (इपीएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले रु ५० हजारमा अनुबन्ध गरिसकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ ।

छनोट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गरेका थिए । सो क्रममा भट्टराईले युवा खेलाडीलाई टिमले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीलाई सिक्ने अवसर मिलेको बताए । उनले इपीएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीलाई विदेशी खेलाडीबाट सिक्ने मौका मिल्ने बताए ।

ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० गते देखि सहभागी भएका थिए । उनीहरुमध्ये एक जनालाई आगामी असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ । कार्यक्रममा चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आगामी असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

वि.सं.२०७८ भदौ २३ बुधवार ११:२२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...