back
CTIZAN AD

जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी

वि.सं.२०७८ भदौ २३ बुधवार

711 

shares

२३ भदौँ, काठमाडौँ । जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ । सो इन्सुरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीमा बढ्दो कोरोना सङ्क्रमणमा परेका र अफ्नो संस्थामार्फत बीमा भएका नेपालीहरूलाई सुविधा भुक्तानी गरेको हो । गत अगष्ट महिनामा मात्र २० जनालाई कोरोना सङ्क्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको इन्सुरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए ।

प्रतिव्यक्ति करिब ७० हजार येनदेखि दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए । अगष्ट महिनामा मात्र मिराई लाइफले २४ लाख २० हजार येन रकम सुविधाबापत भुक्तानी गरेको हो । आठ जनाले बेसिकतर्फ सात लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम भुक्तानी गरिएको हो । करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाइएको छ ।

हालसम्म बीमा सुविधा दाबी गर्नेहरूमा ८० प्रतिशत कोरोना सङ्क्रमितहरू छन् भने बाँकी अस्पताल भर्ना भएका तथा शल्यक्रिया गरेकाहरू छन् । यता सेप्टेम्बर महिना लागेसँगै करिब नौ जनाले कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन् । मिराई लाइफ इन्सुरेन्सले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुँदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि शल्यक्रियाको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ । यस्तै मृत्यु हुँदा २० लाख (२०० मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ । यस्तै कोरोना सङ्क्रमितहरूका लागि पनि अस्पतालमा भर्ना भए सरहको सुविधा प्रदान गर्ने गरेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १०:३८ मा प्रकाशित

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...