२३ भदौँ, काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत ९कर सहित० र नबिल इक्विटी फण्डले ४० प्रतिशत ९कर सहित० नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
भदौ २२ गते बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निणर्य गरेको हो । दुबै फण्डहरुको कोष प्रबद्र्धकमा नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
वि.सं.२०७८ भदौ २३ बुधवार १६:२१ मा प्रकाशित


























