भदौ २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को लगातार अवरोध पछि संसद बैठक स्थगित भएको छ । १५ मिनेटको स्थगन पछि पुनः शुरु भएको बैठकमा पनि एमालेले नाराबाजी गरिरहे पछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गराएका हुन् ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बैठकमा राखेको प्रति आपत्ति जनाएको छ । एमालेले सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै विरोध जनाएको छ ।
एमालेले संसदमा सभामुख सापकोटाविरुद्व नाराबाजी गरिरहेको छ । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने माग राखेका छन् ।
वि.सं.२०७८ भदौ २३ बुधवार १७:२३ मा प्रकाशित






























