back
CTIZAN AD

तालिवानद्वारा सरकार गठन, विरोध कायमै

वि.सं.२०७८ भदौ २३ बुधवार

792 

shares


२३ भदौ, काबुल । तालिवानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिवानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अपगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो ।

उनीहरुले शुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगष्ट १५ मा अफगानिस्तानका तालिवानीले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।
रासस

वि.सं.२०७८ भदौ २३ बुधवार १७:३१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...