back
CTIZAN AD

आज १६४० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

वि.सं.२०७८ भदौ २३ बुधवार

645 

shares

३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १३,४५५ वटा नमुना परीक्षणमा देशैभरी १,६४० जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ३४९, भक्तपुरमा ६९ र ललितपुरमा १५० जना गरी उपत्यकामा आज ५६८ जना संक्रमित थपिएका छन् । उपत्यकामा आज संक्रमितको संख्या केही घटेको छ ।

आज थपिएका १६४० संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५९ हजार ५३५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१६१ जना निको भएका छन् । आज निको भएका २१६१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।

त्यस्तै आज देशैभरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ ।

नेपालमा हाल २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २७ हजार ६९० जना होमआइसोलेशन र १७८९ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४८८ र भेन्टिलेटरमा १४० जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ९० हजार ३२४ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५६ लाख ८३ हजार ६१ जनाले पहिलो मात्रा र ५० लाख ५६ हजार ८०३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:३४ मा प्रकाशित

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...