२३ भदौ, चितवन । करिब ५० करोड बक्यौता उठ्न बाँकी रहेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरमा रु ५० करोड हाराहारी बक्यौता उठ्न नसकेको हो । मूल्य अभिवद्धि कर र आयकर गरी रु ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो
कार्यालयले दिएको जानकारी अनुसार मूल्य अभिवृद्धि करतर्फ रु २५ करोड ८१ लाख र आयकरतर्फ रु २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन जना करदाताको रु एक करोडभन्दा बढी बक्यौता छ ।
मूल्य अभिवृद्धि करतर्फ सी डब्लुएफ ग्लोबल जेभी, एनएन कोई विल्डर्स र इनाम आशिष जेभीको बक्यौता रु एक करोडभन्दा माथि छ । आयकरतर्फ एनएन कोई विल्डर्स र जिल्ला सहकारी सङ्घको बक्यौता रु एक करोडभन्दा माथि छ ।
रासस
वि.सं.२०७८ भदौ २३ बुधवार १७:२० मा प्रकाशित






























