back
CTIZAN AD

आजको मौसम विवरणः अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०७८ भदौ २४ बिहीवार

663 

shares

४ भदौ, काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नं १, २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहनेछ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार ०९:५० मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...