२४ भदौँ, काठमाडौँ । एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ ।
एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले लाभांश प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज गर्दैछ । त्यस अनुसार आज (भदौ २४ गते) बिहीबार सम्म कायम इकाईधनीले मात्रै २ वटै योजनाको लाभांश पाउनेछन् ।
एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्सड्ले आर्थिक वर्षको मुनाफाबाट ले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
वि.सं.२०७८ भदौ २४ बिहीवार ११:४१ मा प्रकाशित


























