back
CTIZAN AD

गोर्खाको माग सम्बोधन गर्न सरकारको सक्रियतामा प्रारम्भिक बैठक सम्पन्न

वि.सं.२०७८ भदौ २४ बिहीवार

756 

shares


२४ भदौ, लन्डन । भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ ।

लण्डनस्थिति नेपाली दूताबासमा संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनबीचको बैठक सम्पन्न भएको हो ।

बैठकमा भूपू गोर्खाको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधि सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि समिति गठन, वार्ता समितिका शर्त एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । 

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बिजीडब्लीएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरूङ, गोर्खा पेन्सन इन्जस्टिक ग्रुपका अध्यक्ष उदयबहादुर गुरूङ, युबिजीनका अध्यक्ष राम राई, आमरण अनशनमा बसेका गोर्खा सत्याग्रहका तीन जना प्रतिनिधि ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, गोर्खा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्न बहादुर गोदारको उपस्थिति थियो । 

गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिको पहलमा भएको आमरण अनसन तोड्दा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खासमेतसँग वार्ता गर्ने प्रतिबद्धता गरेको थियो ।

डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ मा पहिलो बैठक गर्ने सहमति त्यतिबेलै गरिएको थियो र सोही वाचाअनुरुप बुधबारको बैठक सम्पन्न भएको दूताबासले जनाएको छ ।
रासस

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:४५ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...