back
CTIZAN AD

एमसीसी विरुद्धको आन्दोलन थप शसक्त बनाउन एमसीसी खारेजी संघर्ष समिति अपिल

वि.सं.२०७८ भदौ २५ शुक्रवार

618 

shares


२५ भदौ, काठमाडौं । एमसीसी खारेजी संघर्ष समितिले एमसीसी विरुद्धको अभियान ससक्त बनाउन अपिल गरेको छ ।

समितिका अध्यक्ष नारायण शर्माले एमसीसी खारेज संयुक्त आन्दोलन नेपालले तत्काल गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउँदै आन्दोलनको मोर्चालाई अझ फराकिलो र शसक्त पार्न तथा आन्दोना निर्णायक र सफल बनाउन बिभिन्न कार्य तत्काल गर्नुपर्न बताएका छन् ।

MCC खारेज संयुक्त आन्दोलन, नेपालले तत्काल गर्नुपर्ने केही कामकुराहरु :

 १. MCC को विरोध र भण्डाफोरसँगै त्यस्की उपाध्यक्ष फातिमा सुमारका हेपाहाजनक र धम्कीपूर्ण काम र कुराहरु तथा उनीहरुको सुरक्षाको नाममा देउवा सरकारले उनीहरुप्रती देखाएको दलाली र चाकरी एवं शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नेपाली जनताको मौलिक हकलाई कुल्चेर विरोध प्रदर्शनका क्रममा भएको निरंकुश दमन र धरपकडको तीव्र निन्दा, भर्त्सना र भण्डाफोर गर्दै विज्ञप्ति जारी गर्नुका साथै सशक्त विरोध प्रदर्शनहरु गर्दै जाने ।

२. MCC खारेजी संयुक्त आम्न्दोलनको मोर्चालाई अझ फराकिलो र सशक्त पार्न तथा आन्दोलन निर्णायकरुपले सफल बनाउन MCC विरोधी संयुक्त हुन बाँकी दलहरु, संघसंस्था र व्यक्तित्वहरुलाई समेत समेट्ने वा संयुक्त हुन नसक्ने शक्ति-व्यक्तिहरुसँग समझदारी बनाएर तालमेल गरी आन्दोलन परिणाममुखी बनाउने ! यो निर्णय अनुसार बाह्यरुपमा सार्वजनिक अपिल गर्ने र आन्तरिक रुपमा भेटवार्ताको पहल बढाउने !

 ३. स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा समेत संयुक्त भएर आन्दोलन व्यापक बनाउन भित्री र बाहिरी पहल गर्ने ।

४. मिडिया, विज्ञ-विशेषज्ञ र लेखक-बुद्धिजीवीहरुलाई MCC पास गर्ने-गराउनेहरुका विरुद्धमा अधिकतम रुपमा परिचालन गर्ने ।

५. सभामुख र संसदीय दलका सबै नेताहरुसमक्ष एक शीर्ष डेलीगेसन गई MCC कुनै हालतमा पास नगर्न-नगराउन अनुरोध गर्दै ज्ञापनपत्रसमेत दिने । साथै सम्पूर्ण सांसदहरुलाई पनि यसप्रकारको अनुरोधमूलक चेतावनीसहितको ज्ञापनपत्र दिने !

६. राष्ट्रपतिलाई भेटगरी MCC मार्फत हुन थालेको राष्ट्रघातप्रति सावधान रहन र देसहितमा आवस्यक कदम चाल्न अनुरोध गर्ने !

७. विभिन्न दल वा संघसंस्थाहरुद्वारा घोषित mcc विरुद्धका कार्यक्रमहरुलाई संयोजन र परिमार्जन गरी संयुक्त बनाउन पहल गरेर थप प्रभावकारी र परिणाममुखी बनाउन जोड दिने ।

८. संयुक्त आन्दोलनमा सहभागी सबै दल वा संघसंस्था र अभियानहरु तथा तिनका नेता-कार्यकर्ता र जनताहरुप्रती सकारात्मक, समतापूर्ण र सम्माजनक विचार र व्यवहार बढाउने । ८. हरेक कार्यक्रमहरुपछी तत्काल बैठक बसी संक्षिप्त समीक्षासहित आगामी कार्यक्रम तय गरेर राम्रो तयारीका साथ तिनलाई सम्पन्न गर्ने ! धन्यवाद ! *

वि.सं.२०७८ भदौ २५ शुक्रवार ०९:२८ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...