२५ भदौँ, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार उक्त शेयर बाँडफांड गरेको हो ।
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन । कम्पनीको आईपिओमा ३९३४ गुणा बढीको आवेदन परेको थियो । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको थियो । यस अनुसार आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदककाे हात खाली भएको छ ।
कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरको लागि सर्वसाधरणले आवेदन दिएका थिए ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:५३ मा प्रकाशित


























