back
CTIZAN AD

मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

वि.सं.२०७८ भदौ २५ शुक्रवार

708 

shares

२५ भदौ, चितवन । मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए ।

उनले भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका बताए ।

मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताए । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिए । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:०० मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...