back
CTIZAN AD

के छ संसदमा सभामुखले एमालेलाई सम्झाईरहेको धारा १ सय ५ मा ?

वि.सं.२०७८ भदौ २५ शुक्रवार

573 

shares

भदौ २५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अधिवेशन शुरुको दिनदेखि नै अवरोध गरिरहेको छ । एमालेले प्रतिनिधि सभाका सभामुखविरुद्व नै नाराबाजी गरिरहेको छ ।

शुक्रबार पनि बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर नाराबाजी शुरु गरेका थिए । एमालेको निरन्तर नाराबाजीका बीच शुक्रबार १५ मिनेटका लागि संसद बैठक स्थगित पनि भएको थियो । अहिले एकातिर एमालेको नाराबाजी कायमै छ भने अर्कोतिर संसद बैठकलाई सभामुख सापकोटाले अगाडि बढाएका छन् ।

सभामुख सापकोटाले निरन्तर एमालेका सांसदहरुलाई संसदीय मर्यादालाई हेक्का राख्न सुझाइरहेका छन्। उनले यसअघि जस्तै संविधानको धारा १ सय ५ को स्मरण गर्न एमोललाई आग्रह गरेका छन् भने प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ लाई पालना गर्न सुझाएका छन् ।

के छ संविधानको धारा १ सय ५ मा ?

एमालेले निरन्तर माधवकुमार नेपालसहित तत्कालिन समय कारबाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न माग गरिरहेको छ । एमालेले १४ सांसद संसदमा रहुन्जेल संसद चल्न नदिने अडान राखेको छ ।

एमालेले उक्त विषयमा सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेको छ । सभामुख सापकोटाले पटक–पटक हेक्का राख्न आग्रह गरेको संविधानको धारा १ सय ५ मा अदालतमा विचाराधिन मुद्दाका विषयमा सदनमा छलफल गर्न नपाईने उल्लेख छ । जसलाई सभामुखले जोड दिईरहेका छन् ।

धारा १ सय ५ मा स्पष्ट भनिएको छ – नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर गर्ने विषय तथा न्यायाधीशिले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन् ।

तर एमालेले आफैंले मुद्दा दायर गरेको विषयमा संसदभित्र हंगामा मच्चाईरहेको छ । सामान्य रुपमा हेर्दा संसदीय मर्यादाभन्दा बाहिरको भूमिका एमालेले देखाईरहेको देखिन्छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १४:०३ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...