back
CTIZAN AD

ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

वि.सं.२०७८ भदौ २५ शुक्रवार

1.1K 

shares

२५ भदौ, काठमाडौँ । वैकल्पिक सिकाइका लागि ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिने भएको छ । कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो ।

वैकल्पिक सिकाइ प्रणालीमा ग्रामीण क्षेत्रमा अन्य माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएको विभिन्न अध्ययनले देखाएको छ । बिजुली, इन्टरनेट र टेलिभिजनजस्ता साधन नभएका स्थानमा सूचना र शिक्षाका रेडियो भरपर्दो साधन सावित भएको छ ।

हाल कक्षा ६ देखि १० सम्मका अनिवार्य र विभिन्न विषयमा श्रव्य पाठहरु तयार गरी प्रसारण गराइएको छ । केन्द्रले बनाएको स्वअध्ययन पुस्तकमा रेडियो सुनेर विद्यार्थीलाई गृहकार्य गराउन सकिने स्रोत सामग्री उपलब्ध छ । केन्द्रले विद्यार्थीलाई रेडियो कक्षामा टिकाइराख्न एउटा रेडियो कक्षालाई १५ मिनेटको हुने गरी नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको छ ।

गुड नेवर्सले सरकारसँगको समन्वयमा हुम्ला, मुगु, नुवाकोटलगायत १२ जिल्लामा कक्षा ८ का १८६ विद्यार्थीमा गरेको सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको पाइएको छ । सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी भएको पाइएको छ ।

कोभिड–१९ पछि नेपाल सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी सो वर्षको असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गरेको थियो ।

निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिनेछ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेश अनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

सो केन्द्रलेले हाल रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याव), कान्तिपुर एफएमलगायतसँग सहकार्य गरी विद्यालय तहका अनिवार्य विषयलाई प्राथमिकता दिइ यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एकोर्याबमा आवद्ध दुईसय एक रेडियोमार्फत् बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ ।

शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एकोर्याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको पछिल्लो अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रसारण हुने समय उपयोगी लागेको देखिएको छ ।

केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयलाई बढी जोड दिइएका श्रव्य कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ विस्तार गरिने बताए । उनले सानो मोबाइलमा पनि रेडियो सुन्न सकिने भएकाले यो माध्यम वैकल्पिक स्थितिमा उचित भएको पाइएको जानकारी दिए ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धीबहादुर कार्कीले रेडियो कक्षा प्रभावकारी भएको स्रोताको प्रतिक्रिया पाइएको बताए । निर्देशक कार्कीले विषयगत श्रव्य पाठको प्रसारणलाई निरन्तरता दिइने बताए ।

एकोर्यावका महासचिव किशोरजङ्ग थापाले सामुदायिक रेडियोहरु स्रोताको रोजाइमा भएकाले शिक्षण सिकाइ प्रभावकारी भएको बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका महासचिव गुणराज मोक्तानले रेडियोको माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावकको सक्रिय भूमिका र शिक्षकको सहजीकरण हुनुपर्ने बताए ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:४४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...