back
CTIZAN AD

नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै, यस्तो छ नेपालको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ भदौ २५ शुक्रवार

651 

shares

२५ भदौँ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो ।

बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

नेपालले दोस्रो खेलमा आफ्नो प्लेइङ–११ मा केही खेलाडी परिवर्तन गर्ने सम्भावना रहेकाे छ । पहिलो खेलमा माैका नपाएका विनोद भण्डारी, करण केसी र अविनाश बोहराले दोस्रो खेलमा मौका पाउन सम्भावना उच्च रहेको छ । चोटको कारणले गर्दाले नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी दोस्रो एकदिवसीयबाट पनि बाहिरिसकेका छन ।

यी दुई टिमको खेल नेपाली समय अनुसार ४:१५ बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, शरद भेषवाकर/विनोद भण्डारी, सोमपाल कामी, करण केसी/आरिफ शेख, विक्रम सोब, अविनाश बोहरा/पवन सराफ, सन्दीप लामिछाने ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १५:११ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...