back
CTIZAN AD

२ सय जनालाई पाकिस्तानी छात्रवृत्ति

वि.सं.२०७३ फागुन १५ आइतवार

771 

shares

Scholership-Program-in-pakistan

१५ फागुन  पाकिस्तान सरकारले शिशु कक्षादेखि १० जोड दुईसम्म अध्ययनरत २ सय नेपालीलाई जनही १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार आयोजित समारोहमा छात्रवृत्ति चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नतीमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे ।
नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याएको पनि उनले उल्लेख गरे ।
पाकिस्तानी दूतावासका कार्यवाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रसन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए ।
चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि १० हजारका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत वर्ष यो कार्यक्रमबाट १ सय ५० विद्यार्थी लाभान्वित भएका थिए ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०५:४२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...