back
CTIZAN AD

झ्यारुङ खस्योर र पवित्र सहकारी एकीकृत हुने

वि.सं.२०७३ फागुन १५ आइतवार

783 

shares

काठमाडौं । झ्यारुङ खस्योर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरणको तयारी भएको छ । एकीकरणका लागि शनिबार सुकेधारास्थित नव दुर्गा पार्टी भेन्युमा एकीकृत संयुक्त साधारण सभा सम्पन्न भएको छ । सहकारी डिभिजन कार्यालयका अधिकृत प्रभुनाथ राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी डिभिजन कार्यालयका लिला मिश्र, दुवै सहकारीतर्फका सञ्चालकहरु टासिकुमार लामा, वीरबहादुर लामा, बुद्धिबहादुर लामा, सूर्य लामा, राम श्रेष्ठ, रञ्जित लामा, रमेश खड्का, लक्ष्मी लामा, मायाडोल्मा लामा, विन्दु लामा, ओम तामाङ, वंशमान महर्जन तीर्थबहादुर लामा, रत्नबज्र लामा, माया लामा लगायतको उपस्थिती थियो ।
उक्त कार्यक्रममा डेढ सयभन्दा बढी शेयरधनी सदस्यहरुको उपस्थिति रहेको थियो । यी दुवै सहकारी संस्था एकीकृत गने र सोको निम्ति दुवै सहकारीबाट वर्तमान सञ्चालक समिति तथा लेखा समिति समेत निर्वारोध रुपमै चयन गर्नका लागि संयुक्त साधारण सभाको निर्वाचन अधिकृतका रुपमा अधिवक्ता चोपबहादुर मगर र सदस्यहरुमा लिलानाथ मिश्र, दिलबहादुर लामालाई जिम्मेवारी दिइएको थियो । उक्त निर्वाचन समितिले दुवै संस्थाहरुको आपसी सहमतिबाटै निर्विरोध रुपमा अध्यक्षमा सूर्य लामा, उपाध्यक्ष वीरबहादुर लामा, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष रञ्जित लामा, सदस्यहरुमा राजु श्रेष्ठ, सुरेन्द्रसिंह श्रेष्ठ, मायाडोल्मा लामा चयन भएका छन् । त्यस्तै, लेखा समितिको संयोजकमा सुधीर श्रेष्ठ, सदस्यमा रत्नबज्र लामा र रमेश खड्का चयन भएका छन् ।
डिभिजन सहकारी कार्यालय, काठमाडौँको मिति २०७३ साल माघ १३ गते सहकारी ऐन, २०४८ दफा ३१ तथा सहकारी संघसंस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० बमोजिम एकीकरण हुन लागेका हन् । यी दुवै सहकारीहरु अब छिट्टै एकीकृत हुँदैछन् । एकीकृत भएपछि उक्त सहकारीको नाम पवित्र झ्यारुङ खस्योर वचत तथा ऋण सहकारी संस्था लिमिटेड हुने भएको छ ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०५:५२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...