back
CTIZAN AD

पुत्री लाभको शुभ अवसरमा परोपकारी कार्य

वि.सं.२०७३ फागुन १५ आइतवार

909 

shares

khana-khuwayo

चितवन युवा समुह दोहा कतारका महासचिब सुरेश परियार आभास तथा निर्मला खत्री ज्युद्वारा मिति २०७३ फागुन १२ गतेका दिन सुपुत्री लाभको अवसरमा मानव सेवा आश्रम चितवन भरतपुर १० बाइपास रोडमा एक छाकको खाना खुवाउनु भएको छ । सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, सचिव राजन घिमिरे, सहकोषाध्यक्ष साझा राम बिक,सदस्यहरु सिता कंडेल, कविता ढकाल, कार्यालय सचिव इन्दिरा सिग्देल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले प्रवासमा रहेर पनि आफ्नो सुखद अवसरमा गृह जिल्ला चितवनको बिकास र समाजमा रहेका असहाय गरीब अशक्त तथा बेसाहाराहरुको लागि सामाजिक परोपकारी कार्यप्रति देखाउनुभएको अतुलनीय कार्यको लागि उहाहरुलाई हृदय देखिनै हार्दिक आभार व्यक्त गर्दै छोरीको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्नुभएको छ ।
साथै आगामी दिनहरु पनि आफ्ना सुखद अवसरहरु यसरीनै सामाजिक परोपकारी कार्य प्रति लगाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्नुभएको छ ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०५:५८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...