Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

चतुरालेमा ल्होछार सम्पन्न



Chaturale 2 (4)

नुवाकोट । ‘आबाम बोर्जी दैवसे (बुवा त लग्यो दैवले)…’ बोलको गीत बरिस्ठ गायक प्रेम लोप्चनले प्रस्तुत गरिरहँदा रौनकतापूर्ण तातिरहेको ल्होछार सांगीतिक माहोल भावुक बने । विशेष गरी कालगतिले पिता गुमेकाहरु साह्रै भावुक भएका थिए, गायक लोप्चनको मार्मिक गीतले । नुवाकोट चतुराले बरबन्दीमा शुक्रबार आयोजित २८५३ ज्या ल्होछारको सन्दर्भमा लोप्चनले गाएका थिए ।
‘ल्होछार संस्कृति हाम्रो पहिचान, सांस्कृतिक जागरण हाम्रो अभियान !’ मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् चतुरालेद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता कृषि विकास राज्यमन्त्री माननीय राधिका तामाङले गरेका हुन् । समग्र सहभागी गाउँलेलाई शुभकामना मन्तव्य दिने क्रममा राज्यमन्त्री तामाङले अबको निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने बताइन् । यसर्थ उत्पिडित उपेक्षित समुदायको हकमा अघि बढ्ने प्रतिनिधि चुनिनुपर्ने सुझाइन् । यसैक्रममा कुलमान घिसिङको उदाहरण दिदै तामाङले इमानदारीपूर्वक आफ्नो जिम्मेवार बहन गर्न सक्छ भन्ने ठोकुवा समेत गरिन् । चतुराले गाविसलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारीको लागि पकेट क्षेत्रको रुपमा समेत घोषणा गरिन् । यसैगरी मन्तव्यकै क्रममा नेपाल तरुण दल क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति यदुमान लामाले बिचौलीया प्रथा अन्त्य गर्न सकिएमा किसानहरुले राम्रो मुल्य पाउने बताउदै शुभकामना दिए । मन्तव्यकै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलबहादुर लामा, माओवादी केन्द्र ककनी गाउँ कमिटीका अध्यक्ष मानबहादुर लामा, महेन्द्र उच्च मावि चतुरालेका शशीकुमार थपलिया, ब्रह्मायणी निमाविका प्रअ नवराज पाठक, गाविस सचिव निर्मल तुम्रोक, नेपाल कम्युनिस्ट पार्टी विप्लव चतुरालेका संयोजक बृष तामाङ, नेकपा माओवादी केन्द्र चतुरालेका अध्यक्ष प्रतिमान तामाङ, राप्रपा गाउँ कमिटीका सचिव भुवल तामाङ, ग्लान वंशावली समाजका सदस्य हेमबहादुर ग्लान, महासंघका पूर्वअध्यक्ष रत्नबहादुर तामाङ, सल्लाहकार हर्षबहादुर तामाङलगायतले शुभकामना दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ