back
CTIZAN AD

चतुरालेमा ल्होछार सम्पन्न

वि.सं.२०७३ फागुन १५ आइतवार

813 

shares

Chaturale 2 (4)

नुवाकोट । ‘आबाम बोर्जी दैवसे (बुवा त लग्यो दैवले)…’ बोलको गीत बरिस्ठ गायक प्रेम लोप्चनले प्रस्तुत गरिरहँदा रौनकतापूर्ण तातिरहेको ल्होछार सांगीतिक माहोल भावुक बने । विशेष गरी कालगतिले पिता गुमेकाहरु साह्रै भावुक भएका थिए, गायक लोप्चनको मार्मिक गीतले । नुवाकोट चतुराले बरबन्दीमा शुक्रबार आयोजित २८५३ ज्या ल्होछारको सन्दर्भमा लोप्चनले गाएका थिए ।
‘ल्होछार संस्कृति हाम्रो पहिचान, सांस्कृतिक जागरण हाम्रो अभियान !’ मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् चतुरालेद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता कृषि विकास राज्यमन्त्री माननीय राधिका तामाङले गरेका हुन् । समग्र सहभागी गाउँलेलाई शुभकामना मन्तव्य दिने क्रममा राज्यमन्त्री तामाङले अबको निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने बताइन् । यसर्थ उत्पिडित उपेक्षित समुदायको हकमा अघि बढ्ने प्रतिनिधि चुनिनुपर्ने सुझाइन् । यसैक्रममा कुलमान घिसिङको उदाहरण दिदै तामाङले इमानदारीपूर्वक आफ्नो जिम्मेवार बहन गर्न सक्छ भन्ने ठोकुवा समेत गरिन् । चतुराले गाविसलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारीको लागि पकेट क्षेत्रको रुपमा समेत घोषणा गरिन् । यसैगरी मन्तव्यकै क्रममा नेपाल तरुण दल क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति यदुमान लामाले बिचौलीया प्रथा अन्त्य गर्न सकिएमा किसानहरुले राम्रो मुल्य पाउने बताउदै शुभकामना दिए । मन्तव्यकै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलबहादुर लामा, माओवादी केन्द्र ककनी गाउँ कमिटीका अध्यक्ष मानबहादुर लामा, महेन्द्र उच्च मावि चतुरालेका शशीकुमार थपलिया, ब्रह्मायणी निमाविका प्रअ नवराज पाठक, गाविस सचिव निर्मल तुम्रोक, नेपाल कम्युनिस्ट पार्टी विप्लव चतुरालेका संयोजक बृष तामाङ, नेकपा माओवादी केन्द्र चतुरालेका अध्यक्ष प्रतिमान तामाङ, राप्रपा गाउँ कमिटीका सचिव भुवल तामाङ, ग्लान वंशावली समाजका सदस्य हेमबहादुर ग्लान, महासंघका पूर्वअध्यक्ष रत्नबहादुर तामाङ, सल्लाहकार हर्षबहादुर तामाङलगायतले शुभकामना दिएका थिए ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०५:५९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...