२८ भदौँ, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राख्दैँ नयाँ बचत खाता “सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट”को शुभारम्भ गरेको हो ।
१ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा र एटिएम अन्य सुविधा पनि रहेको छ ।
इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई सेञ्चुरी रेमिट प्रिमियर अकाउन्ट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०७:३५ मा प्रकाशित



























