back
CTIZAN AD

नबिल ब्यालेन्स्ड फण्ड-३ को इकाईमा आवेदन दिने आज दिन

वि.सं.२०७८ भदौ २९ मंगलवार

675 

shares

२९ भदौँ, काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्ने छन ।

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन ।

लनीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०५:१२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...