back
CTIZAN AD

नेपाली समाज ओमानको अध्यक्षमा चकराम घले ‘विकास’

वि.सं.२०७८ भदौ २९ मंगलवार

642 

shares

२९ भदौ, ओमान । नेपाली समाज ओमानको ९ औं अधिवेशनले चकराम घले ‘विकास’ को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

सेप्टेम्बर १० का दिन ओमानको राजधानी मस्क्टस्थित अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न गरिएको उक्त अधिबेशनमा नोपली दूतावास ओमानका द्धितीय सचिव सोमेश थापाको प्रमुख आतिथ्यता, एनआरएनए प्रवक्ता डिबि क्षेत्री तथा एनआरएनए ओमानका अध्यक्ष विकल झाको विशेष आतिथ्यमा रहेको थियो ।

 

May be an image of 16 people, including Dil Rokka and Ln Koirala, people sitting and people standing

ओमानस्थित विभिन्न सामाजिक ,राजनीतिक ,जातिय संघ संस्थाका प्रतिनिधिहरु, नेपाली समाज ओमानका प्रतिनिधिहरुको उपस्थितिमा ससम्पन्न नर्वौ महाधिबेशनको बन्द सत्रले नेपाली घलेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

जसमा समाजको उपाध्यक्षहरुमा रविन्द्र राज थला,रमला श्रेष्ठ र गोविन्द कुवँर, महासचिवमा धन कुमारी थारु, सचिवमा विवेक राई, सहसचिवमा सज्जन सुब्बा, कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, सहकोषाध्यक्षमा विन्दु खत्रीलाई चयन गरेको छ ।

May be an image of 18 people, including Dil Rokka and Tolakanta Bhattarai, people sitting, people standing and indoor

त्यस्तै समाजको सदस्यहरुमा शिव पाण्डे, सुरज थापा, तोरण बहादुर थापा मगर, हरि पौडेल,चोकलाल अधिकारी, दुर्गा कार्की, निरज नेपाली, खेमराज मैनाली, श्याम कार्की, मनोज श्रेष्ठ, खेम खड्काथोकी, अन्जन कुमार थापा, रमेश कुमार नेपाली, रिचर्ण खड्का, शिव प्रसाद भट्टराई, सन्तोष कटुवाल, शिव कुमार यादव, त्यस्तैगरी महिला सदस्यहरुः रजनी श्रेष्ठ, मनु चौधरी, अस्मिता रोक्का, फुलमाया राणा मगर, चन्द्रकला राई, दिपा पुन मगर, देवि मगर, उर्मिला गुरुङ्ग, कृष्ण माया गौतम, जमुना परियारलाई सदस्यमा चयन गरेको हो ।

त्यस्तै समाजको सल्लाहकारहरुमा ओमकार तामाङ, मादी गुरुङ, पार्वती श्रेष्ठ, गोमा थापा मगर, रन्जित आचार्य, दिपक सापकोटा र रुपा राजवंशीलाई चयन गरिएको छ ।

May be an image of 3 people, including Ln Koirala and Dil Rokka and people standing

संस्थाको संरक्षकमा सामाजिक अभियन्ता लिलानाथ कोईराला, तोलाकान्ता भट्टराई (प्रेम) र दिल रोक्का चयन भएका छन् ।

त्यस्तै समाजको नेपाल प्रतिनिधिमा इच्छा राई, योगेश बानु राई, किरण राई,राजकुमार कार्की, जीवन कुमार ढुंगाना, भिम प्रसाद कोइराला रहेका छ्न ।

समाजका निवर्तमान अध्यक्ष दिल रोक्काको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिव चकराम घलेले गरेका थिए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०५:५७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...