back
CTIZAN AD

१८ अकंले घट्यो नेप्से

वि.सं.२०७८ भदौ २९ मंगलवार

630 

shares

२९ भदौँ, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) १८ दशमलब ५४ अकंल घटेर २९२९ दशमलब २९ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब २१ अकंले घटेर ५४५ दशमलब ६६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२२ कम्पनीको ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैंया बराबरको १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५९ हजार ८ सय ५४ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, रैराङ् हाईड्रोपावर, युनाइटेड मोदी हाईड्रोपावर, एनआईशी एशिया बैंक, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा लक्ष्मी इक्यूटी फण्ड, नबिल इक्यूटी फण्ड, अरुण भ्याली हाईड्रोपावर, युनाइटेड मोदी हाईड्रोपावर, सनराईज फण्ड म्यूचल फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज मनाकामना स्मार्ट लघुवित्त, सानिमा लाईफ इन्स्योरेन्स, रैराङ्ग हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड १, कालिमा लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु कमाउनेमा परेका छन भने राष्ट्रिय बिमा संस्थान, सिटिजन म्यूचल फण्ड २, लाईफ इन्स्योरेन्स कर्पोरेशन, अजोड इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले गुुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ४९ कम्पनी लागनीकर्ताले कमाउदाँ १३१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सेयर मूल्यमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:०२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...