काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजेदेखि बस्ने जनाइएको छ ।
आजको बैठकमा पार्टीको मुख्यत राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी, केन्द्रीय कमिटीको विस्तार र आवधिक कार्ययोजना र समसामयिक प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए ।
एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । तर, पार्टीको दर्ता पछि पनि केहि नेताहरु नेकपा (एस)मा थपिएका छन् । उनीहरुलाई केन्द्रीय कमिटीमा समेटेर विस्तार गर्न लागिएकाे हाे ।
वि.सं.२०७८ असोज ५ मंगलवार १२:३६ मा प्रकाशित






























