काठमाडौं । गतसाता निरन्तर ओरालो लाग्दै आएको सुनको भाउमा आज वृद्दि भएको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सोमबार ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला तीनसय रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार ७५० रहेको छ भने चाँदी प्रतितोला ११४० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज ५ मंगलवार १२:४६ मा प्रकाशित






























