काठमाडौं । जस्टिन ट्रूडो तेस्रो पटक क्यानडाका प्रधानमन्त्री बन्ने भएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार सार्वजनिक संसदीय चुनावको नतिजामा उनको लिबरल पार्टीले चुनाव जित हात पारेको हो ।
ट्रूडो सन् २०१५ देखि निरन्तर सत्तामा छन् र उनले ६ वर्षमा तेस्रो पटक चुनाव जितेका हुन् । तर, उनले यो चुनावमा पूर्णँ बहुमत भने ल्याउन सकेनन् ।
ट्रूडो आफैंले गत महिना चुनावको लागि आह्वान गरेका थिए। बहुमत ल्याउने ट्रूडोले आशासहित मध्यावधी चुनावको आव्हान गरेका थिए । तर चुनावको नतिजा सन् २०१९ को चुनाव जस्तै भएको छ । तत्कालिन समयमा पनि ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाउनु परेको थियो।
पूर्ण बहुमतभन्दा १४ सिट कम, घट्यो लोकप्रियता
सञ्चार माध्यमका अनुसार क्यानाडामा बहुमतको लागि, एउटा पार्टीले लोकसभामा ३३८ सीटहरु मध्ये १७० सीट जित्नै पर्छ। टुडोको लिबरल पार्टीले यी चुनावमा १५६ सीट जितेको छ ।
जहाँ कन्जर्वेटिभ पार्टीले १२३ सीटहरु जितेको छ। २०१९ मा भएको पछिल्लो चुनावमा ट्रूडो पार्टीले १५७ र कन्जरभेटिभ पार्टीले १२१ सिट जितेका थिए।
वि.सं.२०७८ असोज ५ मंगलवार १३:०६ मा प्रकाशित






























