back
CTIZAN AD

चिनी लुकाएर राख्ने दुई पसलमा सिलबन्दी

वि.सं.२०७३ फागुन १९ बिहीवार

795 

shares

१९ फागनु, काठमाडौँ । बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले बुधबार गरेका अनुगमनका क्रममा गोदाममा चिनी रहँदा पनि कृत्रिम अभाव देखाएको भन्दै विभागले सिलबन्दी गरेको हो । उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको पनि विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी अनुगमनका क्रममा विभिन्न किसिमको कमजोरी औँल्याउँदै विभागले पटक–पटक दिएको निर्देशन पालना नगरेपछि कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सम्पूर्ण सामग्री सञ्चालक स्वयम्को हुनेगरी सिलबन्दी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

विभागले आज नै अन्य पसलमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा अवधेश एण्ड अविनाश स्टोर जडीबुटी, सूर्य देव खाद्य ट्रेडर्स कोटेश्वर, के एल दुगड ग्रुप नरेफाँट, सम्राट खाद्य स्टोर, जडीबुटीलाई मूल्यसूची नराखेको, नापतौल प्रमाणीकरण नगरेको र व्यवसाय दर्ता नगरेको पाएपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

वि.सं.२०७३ फागुन १९ बिहीवार ०४:२२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...