back
CTIZAN AD

बस र ट्रक ठोक्किँदा २३ घाइते

वि.सं.२०७३ फागुन १९ बिहीवार

756 

shares

१९ फागुन,दाङ। राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नंको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नंको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

रा१ख ९४१ नंको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ

वि.सं.२०७३ फागुन १९ बिहीवार ०७:१७ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...