back
CTIZAN AD

गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अवरुद्ध

वि.सं.२०७३ फागुन १९ बिहीवार

768 

shares

१९ फागुन,म्याग्दी । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन् ।

उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी साधन आवतजावत गर्न सकेका छैनन् । उनीहरुले पिप्लेतर्फको गलेश्वरस्थित रघुगङ्गा खोलाको पुलमा धर्नासहित अनिश्चितकालीन यातायात बन्द गराएका छन् । व्यावहारिक रुपमा गाउँपालिकाको केन्द्र तोक्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र जिविसमा समेत तालाबन्दी गरिएको सङ्घर्ष समितिका बालकृष्ण सुवेदीले बताउनुभयो ।

पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलित टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोधस्वरुप बुधवार दुई कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले निर्वाचन कार्यालय र जिविसमा तालाबन्दीपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत आफ्नो आन्दोलनका कार्यक्रमबारे ध्यानकर्षण गराएका छन् ।

सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

गाउँपालिकामा समावेश भएका गाविसको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भावनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका विनोद केसीले बताउनुभयो ।

वि.सं.२०७३ फागुन १९ बिहीवार ०७:२२ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...