back

पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित

वि.सं.२०७३ फागुन १९ बिहीवार

570 

shares

१९ फागुन,लिबाङ (रोल्पा) । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् ।

प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका हुन् ।

यसरी सङ्क्रमित बाबुआमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेका छन् । समाजले अपहेलना गर्ने डरले यी सबै बालबालिका आफूलाई एड्स सङ्क्रमण भएको कुरा खुलासा गर्न चाहँदैनन् । एकातिर बिरामी पर्नु, अशक्त हुनु, अर्काेतिर समाजले घृणा गर्ने डरले यी बालबालिकाको बाल मस्तिष्कमा नकारात्मक असर पर्न थालेको छ ।

यसरी एचआइभी एड्स सङ्क्रमित हुने बालबालिकामा पूर्वि रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छिन् । वैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुबा एचआइभी एड्स सङ्क्रमित भएर करिब १५ वर्ष पहिले स्वदेश फर्कनुभएको थियो । आफू सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिएका कारण उहाँकी श्रीमती पनि सङ्क्रमित हुनुभयो । सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी जन्मँदै एड्स सङ्क्रमित भएर जन्मेकी हुन् ।

हाल आसमतीका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छिन् । श्रीमान्÷श्रीमती दुवैको एड्स सङ्क्रमणका कारण मृत्यु भएपछि गाउँलेले आसमतीलाई पनि एचआइभी एड्स सङ्क्रमण भएको हुन सक्ने भन्दै चेकजाँच गराउने क्रममा केही वर्ष पहिले आसमतीमा पनि एड्स सङ्क्रमण देखिएको हो । हाल उनी गाउँकै विद्यायलमा कक्षा ३ मा पढ्दै छिन् । पटक पटक बिरामी पर्ने गरेको हुँदा उनको पढाइले तीव्रता पाउन सकिरहेको छैन ।

यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदीबहिनी एड्स सङ्क्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि सङ्क्रमित बाबुआमाबाट जन्मेका हुँदा जन्मँदै एड्स सङ्क्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुबा एक होटेलमा काम गर्नुहुन्थ्यो । उहाँ पनि भारतमा काम गर्ने क्रममा एचआइभी एड्स सङ्क्रमित हुनुभएको हो ।

घरमा आएका बेला श्रीमतीलाई आफू सङ्क्रमित भएको कुरा जानकारी नदिएको हुँदा उहाँका कारण उहाँकी श्रीमती पनि एड्स सङ्क्रमित हुनुभएको हो । करिब तीन वर्ष निरन्तर बिरामी परेपछि उहाँको मृत्यु भइसकेको छ भने उहाँकी श्रीमती र दुई छोरी पनि एड्स सङ्क्रमित भएर बाँच्न बाध्य भएका छन् ।

श्रीमान्को मृत्युपछि तीन आमाछोरी लगातार बिरामी पर्न थालेपछि रगत जाँच गर्ने क्रममा उनीहरु एड्स सङ्क्रमित भएको थाहा पाएका थिए । ती बालिका गाउँकै विद्यालयमा क्रमशः ३ र ४ कक्षामा पढ्दै आएका छन् । सुखी जीवन बिताउने सपना देखाएर धन कमाउन विदेश गएका श्रीमान्को एचआइभी एड्स सङ्क्रमणका कारण मृत्युमात्र भएन बाँचेको परिवार पनि एड्स सङ्क्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । काम गरिखाने हातपाखुरा भए पनि सङ्क्रमणका कारण तागत नचल्ने उनीहरुले बताए । ती बालिकाको परिवारले हाल सहकारीबाट पाएको सानो ऋणबाट गाउँमै सानो पसल चलाएर गुजारा गर्दै आएका छन् ।

यसैगरी दक्षिण रोल्पाकी रामप्यारी शीतल (नामपरिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित भएर जीवन जिउँदै आएकी छिन् । हाल उनी १८ वर्ष पुगिसकेकी छिन् भने उनले गत वर्ष एसएलसी परीक्षासमेत उत्तीर्ण गरिसकेकी छिन् । रामप्यारीका बुबा पनि १६÷१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगिसक्नुभएको थियो पेसाले उहाँ गाडी चलाउनुहुन्थ्यो । उहाँले पनि आफू एचआइभी एड्स सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी दिनुभएन । घरमा फर्केका बेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मँदै एड्स सङ्क्रमित भयो । रामप्यारी आज त्यसकै सिकार बनेर बाँच्न बाध्य छिन् ।

यस्तै उत्तर पूर्वि रोल्पाका १७ वर्षीय अशेष राहत (नाम परिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित बाबुआमाबाट जन्मेका कारण सङ्क्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसँग राख्ने आश्वासन दिएर भारतको चण्डीगढ पुगेका उनका बुबा भारतमा ज्याला मजदुरी गर्नुहुन्थ्यो । उहाँपनि सङ्क्रमित भएर स्वदेश फर्कनुभयो तर आफू सङ्क्रमित भएको कुरा उहाँले कसैलाई भन्नुभएन । जसका कारण श्रीमान् श्रीमती दुवैमा एचआइभी एड्सले आक्रमण ग¥यो । दुवैजना लगातार बिरामी पर्न थालेपछि चेकजाँचका क्रममा श्रीमान्÷श्रीमती र छोरामा समेत एचआइभी एड्स सङ्क्रमण देखियो । हाल परिवारका तीनैजनाले निरन्तर औषधि सेवन गरिरहेका छन् ।

आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी पाँच निर्दाेश बालबालिकाको उज्ज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला ।

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा हालसम्म एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । समाजले एचआइभी एड्स सङ्क्रमितलाई नबुझेका कारण केही सङ्क्रमित जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् ।

पहिलेको तुलनामा एड्स सङ्क्रमितलाई गर्ने व्यवहारमा केही परिवर्तन आए पनि पूर्णरुपमा परिवर्तन हुन सकिरहेको छैन ।

वि.सं.२०७३ फागुन १९ बिहीवार १०:५४ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...