back
CTIZAN AD

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत गरिने

वि.सं.२०७८ कात्तिक ८ सोमवार

555 

shares

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकले अब घरमै बसेर कर तिर्न सक्ने छन् भने । सो प्रणाली मार्फत गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले इन्टरनेटको पहुँचमार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ ।

जग्गाको कर, घर भाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ ।

वडा कार्यालयमा स्वयं व्यक्ति वा इमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान छ ।

करदाता र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गरिसकेपछि इ–सर्भिस डट थुलुङ दूधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिष्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिष्टर भइसकेपछि इ–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ ।

करदाता पोर्टल सञ्चालन भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार १४३ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ ।
रासस

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:१६ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...