back
CTIZAN AD

टि-२० विश्वकपमा पाकिस्तानको एतिहासिक जित, भारत १० विकेटले पराजित

वि.सं.२०७८ कात्तिक ८ सोमवार

576 

shares

८ कार्तिक, काठमाडौँ । टि-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तान बिचको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रनको पारी खेलेका थिए । त्यसैगरी रिषभ पंतले ३९, रविन्द्र जडेजाले १३, सूर्याकुमार यादवदले ११, हार्दिक पांड्याले ११, भुवनेश्वर कुमारले ५ र केएल राहुलले ३ रनको योगदान दिएका थिए । पाकिस्तानका लागि बलिङ्ग तर्फ शाहीन अफ्रिदीले उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक ३ विकेट लिएका थिए भने हसन अलिले २, शादाब खान र ह्यारीस रैफले समान १/१ विकेट लिएका थिए ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । पाकिस्तानका कप्तान बाबर आहजम ६८ रन र मोहम्मद रिजवान ७९ रन बनाएर नटआउट रहेका थिए । जितसँगै पाकिस्तानले पहिलो खेलबाट २ अकं जोडेको छ ।

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । यसअघि भारतविरुद्ध पाकिस्तानले एकदिवसीय र टी-२० विश्वकपमा कूल १२ खेल खेलेकोे थियो जसमा पाकिस्तान सबै खेलमा पराजित भएको थियो । सन् १९९२ देखि विश्वकपका सबै खेलेमा पराजित हुदैँ आएको पाकिस्तानले भारत विरुद्ध २९ वर्षपछि जित हात पारेको हो ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:३६ मा प्रकाशित