back
CTIZAN AD

राजीनामा माग गर्ने न्यायाधीशहरुलाई राणाको चोटिलो जवाफ : विवादमा पर्ने सबैले राजीनामा दिए साेंचुँला

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

816 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । फूलकोर्ट र इजलास बहिस्कार गर्दै राजीनामाको माग गरेका न्यायाधीशहरुलाई पद नछाड्ने प्रष्ट पारेका हुन् ।

प्रधान्यायाधीश राणाले विवादमा पर्ने जतिले राजीनामा दिए सोंच्न सक्ने जवाफ न्यायाधीशहरुलाई दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

प्रधानन्यायाधीश राणाले सक्ने भए महाभियोग लगाएर हटाउन पनि चुनौति दिएका छन । ‘मेरो संवैधानिक नियुक्ति हो, जाने प्रक्रिया पनि संवैधानिक नै हो, यत्तिकै राजीनामा दिने कुरा हुँदैन’, न्यायाधीशहरुलाई उनको जवाफ छ ।

सत्तारुढ दलहरुसँग मन्त्रीमा भागवण्डा खोजेको भन्दै उनको आलोचना भएको थियो । गजेन्द्र हमालको नियुक्तीसँगै पूर्वन्यायाधीश फोरम, पूर्वप्रधानन्यायाधीशहरु र सर्वोच्च बार एसोसिएसनले उनको राजीनामा माग गरेका थिए ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:२२ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...