back
CTIZAN AD

पढाइप्रति बालबालिकाको रुची घट्दै

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

681 

shares

पाल्पा । कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन ।

विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुपर्यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।

अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्ने रुचीमा भने कमी भएको पाइएको छ ।

न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए । कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रिन्सिपल पन्तको भनाइ छ ।

विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ ।

पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ ।

विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताए ।

पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो ।

राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताए । तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन ।

पाल्पाका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
रासस

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:३२ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...