back
CTIZAN AD

यी हुन् नेकपा एमाले पाल्पा जिल्लाका पालिकाका नयाँ नेताहरु

वि.सं.२०७८ कात्तिक १० बुधवार

669 

shares

पाल्पा । नेकपा एमालेको मंगलवार सम्पन्न देशैभरीको पालिको अधिबेशनले पाल्पाका दुई नगर र ८ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

May be an image of 1 person, sitting, standing and indoor

पाल्पाका १० वटै पालिकामा मंगलवार सम्पन्न पालिका अधिबेशनले तानसेन नगरपालिकामा गुराँस आत्रेयको नेतृत्वमा ७४ सदस्यीय नगर कमिटी गठन गरेको छ । उक्त कमीटीको उपाध्यक्षमा शशी श्रेष्ठ र सचिवमा महेशलाल शाक्य रहेका छन् ।

त्यसैगरी विष्णु रेग्मीको नेतृत्वमा गठन भएको रामपुर नगरपालिका नगर कमिटीमा उपाध्यक्ष तोयानाथ सारु र सचिव कृतिनाथ श्रेष्ठ निर्वाचित भएका छन् भने प्रेम श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय तिनाउँ गाउँ कमिटीको उपाध्यक्षमा रोमबहादुर लम्तरी र सचिवमा यादव अर्याल चयन भएका छन् ।

May be an image of 3 people, child, people sitting, people standing and indoor

त्यसैगरी रम्भा गाउँ कमिटीको अध्यक्षमा योगेन्द्र प्रसाद गैर चयन भएका छन् भने उपाध्यक्षमा उमानसिंह सारु र सचिवमा विजय रानाभाट चयन भएका छन् भने ७५ सदस्यीय रैनादेवी छहरा गाउँ कमिटीको अध्यक्षमा राम प्रसाद ज्ञवाली, उपाध्यक्षमा दान बहादुर थामी र सचिवमा मान बहादुर थामी रहेका छन् ।

त्यस्तै अर्जुन विश्वकर्मा (आशिष) को नेतृत्वमा गठन भएको रिब्दीकोट गाउँपालिकाको गाउँ कमिटीको उपाध्यक्षमा भिम सारु र सचिवमा दान बहादुर कुवँर चयन भएका छन् भने बगनासकाली गाउँ कमिटिको अध्यक्षमा हरि पाठक, उपाध्यक्षमा सरस्वती चिदि र सचिवमा ओमप्रकाश गैरे चयन भएका छन् ।

त्यस्तै ६७ सदस्यीय माथागढी गाउँ कमिटीको अध्यक्षमा तेज घर्तीमगर, उपाध्यक्षमा शेर बहादुर विक र सचिवमा शंकर दर्लामी चयन भएका छन् भने ६१ सदस्यीय पूर्वखोला गाउँ कमटीको अध्यक्षमा जीवन आचार्य, उपाध्यक्षमा मान बहादुर सारु र सचिवमा तिर्थ सारु चयन भएका छन् ।

नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यका अनुसार मंगलवार पाल्पाका १० वटै पालिकामा एकैसाथ सम्पन्न अधिबेशनमा निस्दी कमिटीको अध्यक्षमा नरेश सुनारी, उपाध्यक्षमा किरण श्रेष्ठ र सचिवमा मेख सुनारी निर्वाचित भएका छन् । आचार्यले दिएको जानकारी अनुसार सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:३५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...